काठमाडौं, ७ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पन्जाब किङ्ग्सलाई हराएको छ ।
भारतको मोहालीमा भएकाे खेलमा बेङ्गलाेरले पन्जाबलाई २४ रनले हराएको हो।
बेङ्गलाेरले दिएकाे एक सय ७५ रनकाे लक्ष्य पछ्याएकाे पन्जाबले १८ ओभर २ बलमा अलआउट भयाे।
टस हारेर ब्याटिङ गरेकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७४ रन बनायाे।
याे जितसँगै बेङ्गलाेर छ खेलमा छ अङ्कसहित अङ्कतालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ भने पन्जाब समान अङ्कसहित साताैँ स्थानमा छ।