Logo

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा पुरुष बिच भलिबल प्रतियोगिता हुँदै



काठमाडौं, ८ वैशाख । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिता हुने भएको छ । पाल्पाको रानीमहलमा खेलकुद र पर्यटन क्षेत्रलाई जोड्ने उद्धेश्यका साथ सुरु भएको उक्त प्रतियोगिताको दोस्रो संस्करण यहि बैशाख २८, २९ र ३० गतेबाट हुन लागेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र आयोजक गरि ११ टिमको सहभागिता रहने बताइएको छ ।

लिग र नकआउट आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टिमलाई विभिन्न समूहमा विभाजन गरेर खेलाईने आयोजक टिमले जनाएको छ ।

आयोजकले गत वर्ष महिला विधालाई समावेश गरेर प्रतियोगिताको सुरुवात गरेको थियो । बिच भलिबललको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबर्द्धन गर्ने उद्धेश्यले आयोजना गरिएको सञ्जय मेमोरियल फाउन्डेसनका अध्यक्ष निरोज मास्केले बताए ।

विजेता टिमलाई ट्रफी, मेडल सहित १ लाख ५० हजार, उपविजेता टिमलाई ट्रफी, मेडल सहित १ लाख रुपैयाँ, तेस्रो हुने टिमलाई ट्रफी, मेडल सहित ५० हजार र सानत्वना पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot