Logo

ब्लड प्रेसर के हो ? कस्तो अवस्थामा ब्लड प्रेसर भएको मान्ने ? यस्तो छ डाक्टरको सुझाव…



काठमाडौं, ८ वैशाख । अहिले विश्वमा नसर्ने रोगको अवस्था भयावह रहेको छ । केही समय अघिसम्म सरुवा रोग नियन्त्रण गर्न विश्वलाई चुनौति भएपनि अहिले नसर्ने प्रक्रितिका रोग सबैको टाउको दुखाईको विषय बनेको छ । अहिले नेपालकै सन्दर्भमा पनि उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मृगौला रोगको अवस्था भयावह रहेको छ ।

नसर्ने रोगमध्ये धेरैको टाउको दुखाईको विषय उच्च रक्तचाप हो । उच्च रक्तचाप कुन अवस्थालाई मान्ने भन्ने विषयमा मतमातन्तर रहेको पाइन्छ । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार माथिल्लो १४० र तल्लो ९० भन्दा बढि आएकै आधारमा उच्च रक्तचाप मान्न नहुने उनी बताउँछन् ।

‘हाम्रो रक्तचाप पहिलो पटक जचाउँदाखेरी माथिल्लो १४० भन्दा बढि तल्लो ९० भन्दा बढि आयो भने कसैले तपाईको ब्लड प्रेसर बढेछ अथवा उच्च रक्तचाप भएछ भनिहाले पनि उच्च रक्तचाप मानिहाल्न पर्दैन । एक पटकको जाँचमा हामीले उच्च रक्तचाप नै भनिहाल्न सक्दैनौं,’– उनले भने ।

डा. कोजुका अनुसार ब्लड प्रेसर जाँच गर्दा विभिन्न कुरामा ध्या दिन जरुरी छ । हतारमा रहेको बेला, व्यायम गरेको बेला र चिया कफी पिएको बेला विभिन्न समयमा रक्तचाप बढ्ने उनी बताउँछन् ।

‘ब्लड प्रेसर जाँच्दाखेरी हामीले धेरै कुरा ध्यान दिनुपर्छ । कुनै क्लिनिकमा जाँदा जानसाथ पेसर जाँच गर्यो भनेपनि बढेको पाउन सकिन्छ । हतार हतार आएको बेला, व्यायम गरेको बेला, उत्तेजनामा आएको बेला, धेरै चिन्ता परिराख्दा, चिया कफी खाइराख्दा एक्साइटेड भएको बेलामा रक्तचाप बढि हुनसक्छ,’– डा. कोजु भन्छन् ।

सहज रुपमा केही समय आराम गरेर जाँचेको खण्डमामात्रै सही ब्लड प्रेसर पत्ता लाग्ने उनी बताउँछन् । साथै, एकै पटक जाँचेको भरमा उच्च रक्तचाप भनिहाल्न नहुने उनको भनाई छ । ‘केही समय आराम गरेर सहज रुपमा जाँच्यो भनेमात्रै सही ब्लड प्रेसर आउनसक्छ । एकै पटक जाँचेको भरमा उच्च रक्तचाप भनिहाल्न मिल्दैन । दिनकै विभिन्न समयमा जाँच गर्दा पनि उच्च रक्तचाप देखियो भनेमात्र उक्त रक्तचाप भएको हुनसक्ने सम्भावना हुन्छ,’– उनी भन्छन् ।

आज जाँच गरेर आजदेखि नै औषधी सेवन गर्न नहुनेसमेत उनी बताउँछन् । लगातार तीन चार दिन जाँच गरेरमात्रै निर्णयमा पुग्न सकिने उनको भनाई छ । उच्च रक्तचाप हुनुका कारण पहिचानका लागि थप जाँच गर्नसमेत आवश्यक रहेको उनी बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot