Logo

सन्दीपले बनाए दुर्लभ विश्व कीर्तिमान



काठमाडौं, ८वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा बलर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन्।

उनले एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार ओमानविरुद्धको खेलमा विकेट लिएर दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्।

सन्दीपले आजको खेलमा एक विकेट लिँदै क्रिकेट एकदिवसीय इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। सन्दीपले यसअघि ४१ खेलमा ९९ विकेट लिइसकेका छन्। आजको खेलमा एक विकेट लिएर ४२ खेलमा सय विकेट पुर्याएका हुन्।

सन्दीप यसअघि ओडीआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वको दोस्रा खेलाडी हुन्।

यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो। रसिदले ४४ खेलमा सय विकेट पूरा गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot