Logo

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै गठबन्धन तनहुँका उम्मेद्‍वार भट्टराईको उजुरी



काठमाडौं, ८ बैशाख । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै सत्तागठन्धनको नेपाली कांग्रेसबाट उम्मेद्‍वार रहेका गोबिन्द भट्टराईले निर्वाचन आयोगमा उजुरी दिएका छन्।

बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा काठमाडौंबाट सञ्चालित एक अनलाईन समाचार पोर्टलले मतदातालाई प्रभाव पार्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उपनिर्वाचनका लागि उम्मेद्‍वार डा स्वर्णिम वाग्लेको पक्षमा मत सर्वेक्षण भनि समाचार प्रकाशित गरेको भन्दै आयोगमा उजुरी दिएका हुन्।

स्वर्णिमको पक्षमा माहोल बनाउन निर्वाचनको केही दिन अगाडि नियोजित षडयन्त्रकारुपमा मत सर्वेक्षण भनि समाचार प्रकाशन गरेको हुँदा निर्वाचन आचारसंहिता ऐन २०७९ को दफा ३(ण), ४ को (ञ), (ट), (ठ), (ड), (त) दफा २५ बमोजिम कसुर गरेकोले दफा ४५ बमोजिम उजुरी दिएको र दफा ४६ र दफा ४९ बमोजिम कारवाही गरिपाउँ भन्दै उम्मेद्‍वार भट्टराईले बिहीबार उजुरी दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्