काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा नेपालका सन्दीप लामिछानेले ह्याट्रिक गर्दै लगातर विकेट झारेपछि ओमान दवाबमा परेको छ ।
नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको ओमानकोे पाँचौ विकेट गुमेको छ । २२ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले ओमानका आएान खानलाई २९ रनमा आउट गरेका हुन् ।
ताजा अवस्थामा ओमान २३।१ ओभरको खेल चलिरहदा पाँच विकेटको क्षतिमा ९९ रन बनाएर खेलिरहेको छ ।