Logo

नेपालविरुद्ध ओमानको सय रन पुरा



काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत नेपालसँगको खेलमा जवाफी ब्याटिङ गरिरहेको ओमानले एक सय रन पुरा गरेको छ ।

नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्र्याइरहेको ओमानले २४ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएर खेलिरहेको छ ।

ओमानको क्रिजमा रहेका सन्दीप गोउड् ४ तथा म्होमद नादिमले १५रन बनाएर खेलिरहेका छन् ।

नेपालका सन्दीप लामिछानेले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot