Logo

ईपीएसलाई मन्त्री किराँतीका छ प्रश्न, पाँच दिनभित्र जवाफ पेश गर्न निर्देशन



काठमाडौं, ८ चैत्र । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरियन एयरलाईन्सले महगो मूल्यमा टिकट विक्रि गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

मन्त्री सुदन किराँतीले आज श्रम मन्त्रालय मार्फत ईपीएसलाई विभिन्न छ प्रश्न सोधेका हुन् । ‘ईपीएस बाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ? प्रति व्यत्ति नाफा कति आउँछ ? कति प्रतिशत बढाउन पाउने नियम छ ? कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके ? समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ ? कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मुल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ, कोरियन एयरलाइन्सले किन अत्याधिक भाडा लिएको ?’ भनी उनले प्रश्न सोधेका छन् ।

साथै, उक्त प्रश्नहरुको जवाफ तीन दिनभित्र पेश गर्न पनि मन्त्री किराँतीले निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot