Logo

मूलधारका मिडियाहरुको भूमिका घट्दै गयो– शंकर पोखरेल



काठमाडौं, ८ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेल मूल धारका मिडियाहरुको भूमिका घट्दै गएको टिप्पण गरेका छन् । पार्टीको मिसन ग्रासरुट अन्तर्गत नेपाल वुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले सामाजिक सञ्जालको भूमिका बढ्दै गएको र सामाजिक सञ्जालमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन सक्ने कार्यकर्ताको पंतिको विकास गर्नुपर्ने उनले बताए ।

‘मुलधारका सञ्चार माध्यमहरुको भूमिका घट्दै गइरहेको, सामाजिक सञ्जालको भूमिका बढ्दै गइरहेको अवस्थाभित्र यो सामाजिक सञ्जालभित्र आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन सक्ने कार्यकर्ता पंत्तिको विकास गर्ने कुरा अर्थात् प्राविधिक सीप र क्षमताको विकास गर्ने कुरा र सामाजिक सञ्जालमा हुने सार्वजनिक वहसमा नेपका (एमाले) पंति वैचारिक, राजनीतिक र सामाजिक रुपमा खरो रुपमा प्रस्तुत हुनसक्ने आधार निर्माण गर्ने छौं । त्यसबाट स्वभाविक रुपमा हाम्रो संगठनको प्रभाव बढ्ने छ,’– उनले भने ।

पार्टी कार्यालय जनसम्पर्क विस्तारको प्रभावकारी साधनको रुपमा प्रयोग नभएको पनि उनको भनाई छ । उक्त कुरालाई भोलिका दिनमा प्रभावकारी ढंगले पार्टीले अगाडि बढाउने उनले बताए । सामाजि सञ्जालमा हुने वहस र मुद्दाको पहिचान गरेर ती मुद्दाहरुलाई स्थापित गर्ने अभियानमा लागेको खण्डमा एमाले आगामी चार वर्षपछि सरकारको नेतृत्व गर्ने एकमात्रै विकल्प हुने उनको दाबी छ ।

‘सामाजिक सञ्जालका मुद्दाहरुमा पार्टी खरो रुपमा उपस्थित हुन नसक्दा पनि जनमत खण्डित भएको हुन सक्दछ भन्ने मान्यताको आधारमा सामाजिक मुद्दाहरुलाई पहिचान गर्न र ती सामाजिक मुद्दाहरुलाई स्थापित गर्ने अभियानमा पार्टीका सबै अंगहरु परिचालित हुनसक्दा चार वर्ष पछाडि राष्ट्रको नेतृत्व गर्ने एकमात्र विकल्पको रुपमा नेकपा (एमाले) स्थापित गराउन पर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्