Logo

शान्ति प्रक्रियाका बाँकी काम पुरा हुन नदिने कोशिस भइरहेको छः गृहमन्त्री श्रेष्ठ



काठमाडौं, ९ वैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न नदिने कोशिस भइरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा प्रेस सेन्टरको साधरण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाको काम तत्काल पुरा गर्न सरकारले कोशिस गरेपनि विभिन्न तत्वहरु त्यसलाई पुरा हुन नदिने पक्षमा रहेको बताएका हुन् । साथै, शान्ति प्रक्रियाका काम हरहालतमा पुरा गर्नपर्ने पनि उनले बताए ।

‘अहिले हामीले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नु पर्छ । शान्ति प्रक्रियाका बाँकी काम पुरा हुन नदिने कोशिस भइरहेको छ,’– उनले भने ।

फरक प्रसंगमा उनले मुलुकको अर्थतन्त्र बजारमा हल्ला आएको जस्तो गम्भीर संकटमा नरहेको पनि उनको स्पष्टोक्ति थियो । अर्थतन्त्रमा देखिएका केही समस्यालाई समाधानका लागि सरकारले प्रयास गरिरहेको पनि उनले बताए । File photo/Reporters Nepal 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot