Logo

जन प्रगतीशील मञ्चको राष्ट्रिय सम्मेलन आयोजक समिति गठनः संयोजकमा तिलक केसी चयन



काठमाडौं, ९ वैशाख । जन प्रगतीशील मञ्चको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको छ । तिलक केसीको संयजकत्वमा अप्रिल १५ तारिकका दिन मञ्चको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिएको हो ।

भर्चुअल माध्यमबाट भएको मञ्चको भेलाले अध्यक्ष केसीलाई राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजकमा चयन गरेको हो । प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यितामा सम्पन्न सम्मेलनमा सचिव टिवि पाठक विशेष अतिथिका रुपमा सहभागी रहेका थिए ।

प्रवास समन्वय समिति अमेरिकाज क्षेत्रको आयोजनामा सम्पन्न भेलाले तिलक केसीको संयोजकत्वमा ३३ सदस्यीय समिति र प्रकाश अधिकारी, नारायण कणेल, भरत ढकाल र मणिराज चौलागाईं सहितको ४ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ ।

३३ सदस्यीय समितिमा पछि १ सदस्य थप गर्ने निर्णय भेलाले गरेको छ । सम्पन्न भेलाबाट संयोजकमा तिलक केसी, सह संयोजकमा मधु सागर पौडेल सहित काशी पौडेल, माथबर सिंह राउत, मनोज भट्टराई, बाबुराम सापकोटा, राजु सुवेदी, ईश्वरी दवाडी, विजय ज्ञवाली, टंकराज रेग्मी (महेश), होतराम विक, बलराम पोख्रेल, विनोद कुईंकेल, विश्व राई, मोहन कुसारी, जगन निरौला, प्रदिप चौलागाईं, निर्मल पाण्डे, गोर्ख कुसारी, सम्झना खनाल, पियुष घिमिरे, राजु गुरुङ, नवराज ढकाल, लक्ष्मी सुवेदी, ईवन राई, विष्णु कार्की, युवराज केसी, विमल पछाई, ईन्द्रकान्त चौधरी, मञ्जु ढुंगाना, नारायण कणेल र शिवलाल पुरी रहेका छन् ।

क्षेत्रीय अध्यक्ष केशव नेपालको सभापतित्वमा सम्पन्न भेलाको संचालन सचिव प्रकाश अधिकारीले गरेका थिए । ५ महिनाभित्र फिजिकल सम्मेलन गर्ने लक्ष्य राखेको समितिको भेलामा ओम शर्मा, टिवि पाठक, प्रकाश अधिकारी, केशव नेपाल, डा.भरत ढकाल, डा. मणिराज चौलागाईं र नारायण कंडेलले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot