Logo

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले दोस्रो पटक मागे विश्वासको मत



काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत मागेका छन् । आज (शनिबार) बसेको प्रदेश सभा बैठकमा उनले दोस्रो पटक विश्वासको मत मागेका हुन् ।

‘संघीयताको मर्म र भावना बमोजिम नेपालको संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकासतर्फ प्रयत्नरत रहन, राजनीतिक स्थिरता, कानुनको शासन र न्यायमूलक शासन प्रणाली, मानवअधिकार तथा नागरिकको हक हितको रक्षा, लोककल्याणकारी प्रदेश निर्माण, आर्थिक समृद्धि र समतामूलक विसकाका लागि नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम यस सम्मानित सभाबाट मलाई पुन विश्वासको मत दिन हुन प्रदेश सभाका सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछु,’– उनले भने ।

माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको थियो । अहिलेसम्म मुख्यमन्त्री अधिकारीको पक्षमा राप्रपा र एमालेमात्रै देखिएको छ । यस आधारमा उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot