Logo

नेकपा (एस) परित्याग गरेका मुकुन्द नेउपाने एमालेमा प्रवेश



काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका मुकुन्द नेउपाने नेकपा (एमाले) प्रवेश गरेका छन् । नेकपा (एस) भित्र विभेद भएको भन्दै उनले केही समयअघि पार्टी परित्याग गरेका थिए । आज ७४औं नेकपा स्थापना दिवसको अवसरमा उनी एमालेमा प्रवेश गरेका हुन् । उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्