Logo

कांग्रेसका युवा नेताप्रति ओलीको टिप्पणी, ‘कांग्रेस बुढियो, भर्खर उफ्रिने छन् नी नेताहरु ती पनि बुढै हुन्’



काठमाडौं, ९ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुढो भएको र भर्खर उफ्रिने नेताहरुपनि बुढै भएको टिप्पणी गरेका छन्।

शनिबार एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेताहरुलाई एमाले प्रवेश गराउँदै अध्यक्ष ओलीले कांग्रेस बुढो भएको र भर्खर उफ्रिने नेताहरुपनि बुढै भएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘कांग्रेस बुढियो। कांग्रेस बुढो पार्टी हो। उमेरले भनेको हैन। कांग्रसको को नेता बुढो छ भनेर भन्या हैन। कांग्रेसका अहिले भर्खर भर्खर उफ्रिने छन् नी नेताहरु ती पनि बुढै हुन्। किनभने तीन बुढो विचार बोकेका छन्। थोत्रो विचार बोक्या छन्। मान्छ नयाँ भएपनि मान्छे उमेरका भएपनि मान्छे उमेरले हैन विचारको उमेर के छ भन्दा विचारको उमेर गलेको उमेर छ।’



प्रतिक्रिया दिनुहोस्