Logo

समाजवाद आयो भने विदेशीको तलुवा चाटेर देश बेच्न तयार भएकाले सत्ता चलाउन पाउँदैनन् : विप्लव



काठमाडौं, ९ बैशाख । नेकपाका महाचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले देशमा समाजवाद आयो भने विदेशीहरुको तलुवा चाटेर देश बेच्न तयार भएकाहरुले सत्ता चलाउन नपाउने बताएका छन्।

शनिबार कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले देशमा समाजवाद आयो भने विदेशीहरुको तलुवा चाटेर देश बेच्न तयार भएकाहरुले सत्ता चलाउन नपाउने बताएका हुन्।

‘समाजवाद आयो भने नेकपाका पार्टीले मात्रै शासन गर्ने होइन। समाजवाद आयो भने हाम्रो पार्टी र हामीसँग मोर्चाबद्ध भएकाले सत्ता चलाउने होइन। समाजवाद सबै जनताको लागि आउने कुरा हो। विदेशीहरुको तलुवा चाटेर आफ्नो देशलाई बेच्न तयार भएर बसेका दलालहरुलाई त्यो अधिकार हुँदैन,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्