Logo

कोरोना : १ जनाको मृत्यु, ७८ जनामा संक्रमण पुष्टि



काठमाडौं, ९ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु हुँदा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

हाल देशभर ३८३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्