Logo

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेवीया र कुवेत विजयी



काठमाडौं, ९ बैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेवीया र कुवेत विजयी भएका छन्। साउदी अरेवीयाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव पाँच ओभर खेल्दै सवै विकेट गुमाएर दुई सय १६ रन बनायो। दुई सय १७ रनको लक्ष्य साउदी अरेवीयाले ३४ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।

साउदीका लागि अब्दुल वाहिदले शतकीय पारी खेले। उनले एक सय आड बलमा एक सय २४ रन बनाए। यस्तै वकार उल हसनले ५५ तथा हिसम शेखले अविजित २१ रन बनाए। बलिङतर्फ कतारका लागि इक्रमुल्लाह खानले दुई तथा खुरम शाहजादले एक विकेट लिए।

यसअघि ब्याटिङ गर्दै कतारका लागि मोहमद तनवीरले ४६, कमरान खानले ३६, इमाल लियाङ्गेले ३१ तथा मोहमद रिजलानले २८ रन बनाए। बलिङतर्फ साउदीका इश्तियाक अहमदले चार तथा अतिफ उर रहमान, जैन उल अवीदिन र अहमद बलादर्फले दुई दुई विकेट लिए।

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर बहराइनले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५५ रन बनायो। दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पूरा ग[यो। कुवेतका लागि यासिन पटेलले अविजित ६३, अदनान इद्रिसले ५६ तथा मित भावसरले ५४ रन बनाए। बलिङतर्फ बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए।

यसअघि ब्याटिङ गर्ने क्रममा बहराइनका लागि इमरान अनवरले ५३ तथा फैज अहमदले ४८ रन बनाए। बलिङतर्फ कुवेतका लागि सैयद मोनिवले चार विकेट लिए।



प्रतिक्रिया दिनुहोस्