Logo

अघिल्लो निर्वाचनमा भन्दा पनि राम्रो नतिजा आउनेमा आशावादी छुः रवि लामिछाने



काठमाडौं, १० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रवि लामिछानेले मतदाताहरुमा उत्साह देखिएको बताएका छन् ।

आज (आईतबार) मतदानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मतदातामा देखिएको उत्साहको आधारमा अघिल्लो निर्वाचनमा भन्दा पनि बढि मत आउने उनले बताए ।

‘विहानदेखि उत्साह देखिएको छ । उत्साहजनक प्रतिक्रिया मैले प्राप्त गरेको छु । मतदाताहरु कति संख्यामा उपस्थित हुनुहुन्छ, त्यो अहिल्यै भन्न सकिने अवस्था छैन । तर, मलाई लाग्छ नतिजा पहिले भन्दा पनि सकारात्मक हुनेछ । अघिल्लो पटक भन्दा पनि राम्रो नतिजा आउनेमा आशावादी छु,’– लामिछानेले भने ।

आज देशभरका तीन निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । चितवन–२ मा रास्वपाका सभापति लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उपनिर्वाचन भएको हो भने तनहुँ– १ मा अघिल्लो आम निर्वाचनमा निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि र बारा– २ मा अघिल्लो निर्वाचनमा निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्रहरुमा उपनिर्वाचन भएको हो । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्