Logo

यस्तो छ विहान १० बजेसम्मको उपनिर्वाचन अपडेट



काठमाडौं,१० वैशाख । उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ । चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ ।

त्यहा सत्ता गठवन्धबाट जितनारायण श्रेष्ठ,नेकपा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछाने मुख्य प्रतिस्पर्धामा छन् ।
यसैगरी तनहुँ १ मा बिहान १० बजेसम्म १३। ६ प्रतिशत मत खसेको छ ।

त्यहाँ रास्वपाका स्वर्णिम वाग्ले,एमालेका सर्वेन्द्र खनाल र नेपाली कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका छन् ।
यसैगरी बारा २ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ ।

बारामा जसपाका उपेन्द्र यादव,जनमतका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल मुख्य प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस्