Logo

पाल्पा दुर्घटना अपडेट : एकको मृत्यु १८ जना घाइते



काठमाडौं,१० वैशाख । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै सबा ९ बजे दुर्घटना भएको हो।

घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप विस्तृत जानकारी आँउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot