Logo

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगको स्पष्टीकरण



काठमाडौं,१० वैशाख । निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घन्टे स्पष्टीकरण माग गरेको छ ।

बारा -२ मा आज भइरहेको उपनिर्वाचनलाई प्रत्यक्ष रुपमा प्रतिकुल प्रभाव पार्नेगरी निर्वाचन आचारसंहिता उलङघ्न गरेको भन्दै आयोगले २४ घन्टे लिखित स्पष्टीकरण माग गरेको हो ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता-२०७९को दफा ५ को उलङघ्न हुन्छ की हुँदैन? निर्वाचन आयोग ऐन-२०७३ बमोजिम कारवाही गर्न पर्ने वा नपर्ने सो को लिखित जवाफ २४ घन्टाभीत्र पेश गर्न निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्