Logo

बारा–२ मा दुईवटा मतपत्रसहित यादव पक्राउ



काठमाडौं, १० वैशाख । बारा– २ को उपनिर्वाचन अन्तर्गत मतदान कार्य जारी रहेको छ । सोही क्रममा प्रहरीले दुई वटा मतपत्रसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बाराको देवताल गाउँपालिका–७ को वडा कार्यालयको मतदान केन्द्रमा प्रहरीले २ वटा मतपत्रसहित एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रकाशसन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार रामसागर यादवसँग दुई वटा मतपत्र फेलापरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । साथै, बारामा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको पनि बताइएको छ । यादव जनता समाजवादीका नेता एवं जिल्ला समन्वय समितिका सदस्य हुन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्