Logo

एमाले उपाध्यक्ष बादलले गरे चितवनमा मतदान



काठमाडौं,१० वैशाख । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले मतदान गरेका छन् ।

चितवन -२ का मतदाता रहेका उनले चितवनको भरतपुर १० स्थित नारायणी नमुना मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
चितवन -२ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसँगै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुख्य प्रतिस्पर्धामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्