Logo

युअर्स ह्युमन्ली लाइब्रेरी तथा कम्प्यूटर सेन्टरको उद्घाटन



काठमाडौं, १० बैशाख । युअर्स ह्युमन्ली लाइब्रेरी तथा कम्प्यूटर सेन्टरको उद्घाटन सम्पन्न भएको छ।

ललितपुर महानगरपालिका-१४ नखिपोटमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी उपमेयर मन्जली शाक्य बज्रार्चाय रहेकी थिइन्। त्यस्तै, कार्यक्रममा अमेरिकामा रहेको योर्स ह्युमन्ली संस्थाका संस्थापक सन्नी सिंह र युअर्स ह्युमन्ली इन्डियाका कन्ट्री डाइरेक्टर विपिन जुयलको उपस्थितिमा उक्त्त सेन्टरको उद्घाटन भएको हो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथी उपमेयर मन्जरीले यो कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न होस् भन्दै नमूना लाइब्रेरी आवश्यक रहेको बताउँदै त्यसमा सहकार्य गर्न नगरपालिका तयार रहेको बताइन्। ‘नमूना लाइब्रेरी नगरपालिकाका सम्पूर्ण वडाहरुमा जरुरी छ यो खालको नमूना लाइब्रेरी बनाएर जान आवश्यक रहेकोले त्यसतर्फ हामी सबै मिलेर जाँदा नगरपालिका सहकार्य गर्न अगाडि खडा हुनेछ,’ उनले भनिन्।

यस्तै, कन्ट्री डाइरेक्टर क्यान्डिना कर्मा गुरुङले यो लाइब्रेरी विपन्न वर्गका बालबालिकाहरुमा केन्द्रित रहेर सञ्चालन गर्ने र बालबालिकालाई नि:शुल्करुपमा शिक्षा प्रदान गर्न अब्बल रहने बताए। साथै, यो लाइब्रेरीलाई दीर्घकालिन रुपमा सञ्चालन गर्न फण्डको आवश्यकता पर्ने हुँदा राम्रो लोकेसन भएकाले १४ नम्बर वडा मै दिर्घकालिन फण्डीङको आवश्यकतालागि पनि आह्वानसँगै सम्पूर्णलाई जोडेर लैजाने पनि बताए।

त्यस्तै, योर्स ह्युमन्ली संस्थाको तर्फबाट यो कार्यक्रम कस्तो हो र यसले के काम गर्दछ भन्ने कुरा कार्यक्रममा कोषाध्यक्ष भीम आचनले जानकारी गराएका थिए।



प्रतिक्रिया दिनुहोस्