Logo

उपनिर्वाचन अपडेटः चितवन–२ मा कति खस्यो मत ?



काठमाडौं, १० चैत्र । चितवन–२ मा आज उपनिर्वाचन भइरहेको छ । अघिल्लो आम निर्वाचनमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको छ । चितवन– २ मा एक लाख २४ हजार छ सय ९५ जना मतदात रहेका छन् । उक्त क्षेत्रमा मध्यान्न १२ बजेसम्म ३७ प्रतिशत मत खसेको छ ।

चितवन– २ मा नवकिरण कमलकुसुम मावि मतदान केन्द्रबाहेक सबै मतदान केन्दमा शान्तिपूर्ण मतदान भइरहेको छ ।
नवकिरण मतदान केन्द्रमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र अन्य दलका समर्थकबीच झडप भएको थियो । अहिले उक्त मतदान केन्द्रमा नेपाली सेना पुगिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्