काठमाडौं, १० वैशाख । चितवनमा दुई पक्षबीच विवाद हुँदा मतदान रोकिएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले नाराबाजीसहित मतदानस्थलमा प्रवेश गरेपछि एमाले र गठबन्धन दलका समर्थकले त्यसको विरोध गर्ने क्रममा झडपको स्थिति बनेको हो ।
त्यस क्रममा एमालेका केही कार्यकर्ता पक्राउ परेका छन् । उक्त मतदान केन्द्रमा नेपाली सेना पुगिसकेको भएपनि अझै मतदान सुरु हुन सकेको छैन । मतदाताहरुले शान्ति सुरुक्षा कायम गर्न माग गर्दै नाराबाजी गरेका छन् । राजनीतिक दलका प्रतिनिधि र सुपरिवेक्षकबीच पनि विवादको अवस्था सिर्जना भएको छ । उक्त मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।