Logo

चितवन एमाले जिल्ला सचिवमाथि आक्रमणको प्रयास



काठमाडौं, १० वैशाख । चितवन जिल्ला सचिव सैलेस खनालमाथि आक्रमणको प्रयास भएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिइरहेको बेला उनीमाथि रास्वपाको समर्थकहरुद्वारा आक्रमणको प्रयास भएको हो ।

उक्त निर्वाचन केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान रोकिएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले नाराबाजीसहित मतदानस्थलमा प्रवेश गरेपछि एमाले र गठबन्धन दलका समर्थकले त्यसको विरोध गर्ने क्रममा झडपको स्थिति बनेको हो ।

त्यस क्रममा एमालेका केही कार्यकर्ता पक्राउ परेका छन् । उक्त मतदान केन्द्रमा नेपाली सेना पुगिसकेको भएपनि अझै मतदान सुरु हुन सकेको छैन । मतदाताहरुले शान्ति सुरुक्षा कायम गर्न माग गर्दै नाराबाजी गरेका छन् । राजनीतिक दलका प्रतिनिधि र सुपरिवेक्षकबीच पनि विवादको अवस्था सिर्जना भएको छ । उक्त मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot