Logo

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा तेस्रोपटक विश्रासको मत लिने तयारीमा



काठमाडौं,१० वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः प्रदेश सभाबाट विश्रासको मत लिने प्रक्रिया थालेका छन् ।
त्यसको लागि शर्माले आज प्रदेश सभामा पुगेर विश्रासको मत लिने प्रयोजनसम्वन्धि पत्र दर्ता गरेका छन् ।

शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला नेकपा एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदको मत पाएका थिए ।

तर, केन्द्रको राजनीतिमा कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढिरहेको अवस्थामा प्रदेशमा पनि त्यही लागू हुने ठहर गर्दै २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो । शर्माले नेपालको संविधानको धारा १६८ बमोजिम शर्माले विश्रासको मत लिने छन् ।



प्रतिक्रिया दिनुहोस्