Logo

निर्वाचन अपडेट : चितवनका दुई ठाउँमा रोकियो मतदान



काठमाडौं, १० बैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आज(आइतबार) भइरहेको मतदान अन्तर्गत चितवन-२ का दुई ठाउँमा मतदान रोकिएको छ।

मतगणनास्थलमा विवाद श्रृजना भएपछि चितवन-२का दुई ठाउँमा मतदान केही समयका लागि स्थगित् भएको हो।

भरतपुर महानगरपालिका-११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान केही समयका लागि स्थगित् भएको हो।

भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिदा कृष्णपुरमा आधा घण्टादेखि मतदान रोकिएको छ।



प्रतिक्रिया दिनुहोस्