Logo

नेकपातिरै फर्किने प्रचण्डको घोषणा



काठमाडौं, १० बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तर्फ फर्किनुपर्ने घोषणा गरेका छन्।

आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) पार्टीले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेकपातर्फ फर्किनुपर्ने घोषणा गरेका हुन्।

‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ। हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ। कम्युनिष्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि। नेतृत्वले गलत विचार अगिंकार गर्‍यो भने ठूलो क्षति हुन्छ,’ उनले भने।

देशभक्त कम्युनिष्टहरूलाई राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका निम्ति हामी एक हुन जरुरी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘आउनुस् बसौं सँगै विनाआग्रह र पूर्वाग्रह समीक्षा गरौं। विचारधारात्मक रूपमा समीक्षा र आत्मसमीक्षा गरौं। राष्ट्रियको हितमा एकताको नयाँ पहल गरौं। त्यसले मात्रै कम्युनिष्ट आन्दोलनमा इमान्दार हुनसक्छौं।’



प्रतिक्रिया दिनुहोस्

Screenshot