Logo

उपनिर्वाचन अपडेट- रोकिएको मतदान सुरु गर्न माग गर्दै नाराबाजी



काठमाडौं,१० वैशाख ।  मतदान चलिरहँदा झडप भएपछि रोकिएको चितवनको भरतपुर -११ स्थित किरण कमल कुसुम मतदान केन्द्रको मतदान तत्काल सुरु गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

मतदान केन्द्रमा मत खसाल्न उपस्थित भएका हरुले मतदान सुरु गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच भनाभन र झडप हुँदा केहीबेर अघीदेखि उक्त मतदान केन्द्रमा मतदान रोकिएको थियो ।

अहिले सर्वपक्षीय छलफल गरेर मतदान सुरु गर्ने तयारी भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्