Logo

उपनिर्वाचन अपडेटः चितवनको नवकिरण माविमा पुनः मतदान सुरु



काठमाडौं, १० वैशाख । चितवनमा दुई पक्षबीच विवाद हुँदा रोकिएको मतदान पुनः सुरु भएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले नाराबाजीसहित मतदानस्थलमा प्रवेश गरेपछि एमाले र गठबन्धन दलका समर्थकले त्यसको विरोध गर्ने क्रममा झडपको स्थिति बनेको थियो ।

रास्वपाले उक्त कार्यको माफी माग्ने सहमति पछि मतदान सुरु भएको हो । अहिले चितवनका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । चितवन– २ को सबै मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्