Logo

एसीसी प्रिमियर कप- ओमानद्धारा मलेसिया ८ विकेटले पराजित



काठमाडौं,१० वैशाख । एसीसी प्रिमियर कपको समुह ‘ए’अन्तर्गतको आजको खेलमा ओमान विजयी भएको छ ।
ओमानले मलेसियालाई ८ विकेटले हराउदै शानदार जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ट्रस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

मलेसियाको लागि भीरन्दीप सिंहले सर्वाधिक ९४ तथा मह्मद शायद्तले ५५ र मह्मद आमिरले २० रन बनाए ।

मलेसयिाले दिएको २२८ रनको लक्ष्य पछ्याएको ओमानले ४१।४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा ओमानका जतिन्दर सिंहले शतकिय पारी खेले १११ बलको सामना गरेका उनले ११ चौका र १ छक्काको मद्दतमा नटआउट १०१ रनको योगदान गरे ।

त्यस्तै कश्यप प्रजापतीले ६६ रनको अर्धशतकिय पारी खेले ।

वलिङतर्फ मलेसियाका म्हमद अमिरले दुई विकेट लिए ।  तस्विर: ओमान क्रिकेट संघ 



प्रतिक्रिया दिनुहोस्

Screenshot