Logo

कांग्रेस उम्मेदवारको आक्रोशः ‘जितनारायणले आचारसंहिता मान्नु पर्ने, रविले नपर्ने ?’



काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसका नेता एवं चितवन–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जितनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवै प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहित उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले लामिछानेले आयोगले दिएको सुविधा भन्दा बढि गाडीको प्रयोग गरेको र सामाजिक सञ्जालमा लाईभ बसेर मत मागेको आरोप लगाएका हुन् ।

‘निर्वाचनमा जित्ने हार्ने कुरा ठूलो होइन । निर्वाचन शान्तिपूर्ण हुनुपर्यो । के हो यहाँ कुनै भगवान त छैन त ? म बुथमा जाँदा बाटोमा रवि लामिछाने जी का १० वटा गाडी भेट भयो । निर्वाचन आयोगको आचार संहिता त सबैले मान्नु पर्यो नि । जितनाराण श्रेष्ठले मान्नु पर्ने उसले (रविले) चाहिँ मान्न नपर्ने भन्ने हुन्छ ?,’– उनले प्रश्न गरे ।

चितवनको नवकिरण कमलकुसुम मावीमा रास्वपाका कार्यकर्ताले नाराबाजीसहित हुटिङ गरेपछि त्यहाँको मतदान प्रक्रिया प्रभावित भएको थियो । केही घण्टा रोकिएको मतदान अहिले शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot