Logo

उपनिर्वाचन अपडेटः चितवन– २ मा अहिलेसम्म ५४ प्रतिशत मत खस्यो



काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । अहिले पछिल्लो जानकारी अनुसार चितवन– २ मा ५४ प्रतिशत भन्दा बढि मत खसिसकेको छ ।

उक्त निर्वाचन क्षेत्रमा अहिले शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सार्थकले नाराबाजी र हुटिङ गर्दा केही समय मतदान प्रभावित भएको थियो । रास्वपाले माफी मागेपछि पुनः मतदान सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot