Logo

सिंगापुरविरुद्ध युएईको शानदार जित



काठमाडौं,१० वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समुह ‘बी’को खेलमा युएईले सिंगापुरलाई २०१रनले हराउदै शानदार जित हात पारेको छ ।

युएईले दिएको ४७२ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ५० ओभरमा ९ विकेट गुमाउदै २७० रन मात्र बनाउन सक्यो ।

सिंगापुरलाई सस्तैमा रोक्ने क्रममा युएईका आएन अबजल खां,सञ्चित शर्मा र कीर्तिक मियान्नले समान २-२ तथा रोहन मुस्ताफा र जेनिन् सिद्धिकिले एक- एक विकेट लिए ।

यसअघी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले भृत्य अरविन्द र मुह्मद वासिमको विष्फोटक शतकको मद्दतमा ४७१ रनको विशाल योगफल तयार रहेको थियो ।

४७१ रनको विशाल योगफल तयार गर्न युएईका भृत्य अरविन्दले १७४ रनको पारी खेले १३३ बलको सामना गरेका उनले १७ चौका र ७ छक्का प्रहार गरे ,त्यस्तै कप्तान वासिमले ८२ बलमा १६ छक्का र ९ चौकाको मद्दतमा १६० रन बनाए ।
आएन अफ्जल खांनलेपनि ७४ रनको अर्धशतकीय पारी खेले ।

वलिङतर्फ सिंगापुरका आदीत्य भार्गाभले ४ तथा रमेश क्लेम्थुले तीन विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot