Logo

मतदातामा देखिएन उत्साहः सबै क्षेत्रमा मंसिरभन्दा कम मतदान



काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको छ । अहिलेसम्मको प्राप्त जानकारी अनुसार बारा क्षेत्र नम्बर–२ मा सबै भन्दाबढि  ६० प्रतिशत  मत खसेको छ । भने सबै भन्दा कम तनहुँ–१ मा ५१ प्रतिशतमात्रै मत खसेको छ ।

बारा क्षेत्र नम्बर–२ मा सबै भन्दाबढि ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। मतदान भने शान्तिपूर्ण रुपमा भएको थियो । बाराका निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएअनुसार ६० प्रतिशत मत खसेको अनुमान छ ।

चितवन–२ को पछिल्लो जानकारी अनुसार अहिलेसम्म लगभग ५९ प्रतिशत मत खसेको छ । चितवनमा कूल एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् ।

पछिल्लो जानकारी अनुसार तनहुँ–१ मा ५१ प्रतिशतमात्रै मत खसेको छ । तनहुँ–१ मा कूल एक लाख २३ हजार तीन सय पाँच जना मतदाता रहेका छन् ।

तीनवटै निर्वाचन क्षेत्रमा मतदातामा उत्साह कम देखिएको छ । यो मत परिणाम गत मंसिर चारको आम निर्वाचन भन्दा कम हो ।

 

 



प्रतिक्रिया दिनुहोस्