Logo

रवि फेसबुकमा लाइभ आएपछि प्रमुख निर्वाचन आयुक्त भन्छन् : प्रत्यक्ष प्रसारण गरेर आफ्नो मत माग्न पाइन्न



काठमाडौं, १० बैशाख । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान चलिरहेको बेला सामाजिक सञ्जालमार्फत प्रत्यक्षप्रसारण गरेर मतमाग्न नपाइने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ बाट उपनिर्वाचनका लागि उम्मेद्‍वार रवि लामिछानेले आइतबार दिउँसो मतदान भइरहेको बेला फेसबुकमार्फत् लाइभ आएर प्रतिक्रिया दिएका थिए। लामिछानेको सो क्रियकलापपछि प्रतिक्रिया दिँदै आयुक्त थपलियाले त्यसो गर्न नपाउने बताएका हुन्।

उनले भने, ‘कुनैपनि उम्मेद्‍वारले मतदान प्रक्रिया चलिरहेका बेला सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रसारण गरेर आफ्ना मत माग्न पाइदैँन। सामाजिक सञ्जाल प्रयोग गरिरहेको भए त्यो गलत हुन्छ। मतदाता प्रभावित गर्न पाइदैँन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot