Logo

स्वर्णिमलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण



काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार स्वर्णिम वाग्लेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

उम्मेद्‍वार वाग्लेलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

प्रचारप्रसार निषेधको अवधिमा सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेको स्टाटस सेयर गरी मतदाता प्रभावित पार्ने काम गरेको भन्दै निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot