काठमाडौं,११ वैशाख। उप निर्वाचन भएको चितवन-२ मा सर्बदलीय बैठक सुरु भएको छ।
बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।
मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग वाणिज्य संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ ।
चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।