Logo

चित्रबहादुर केसीको निर्वाचन खर्च १८ लाख १४ हजार



काठमाडौं,११ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं संघीय सांसद चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् ।
प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरणमा १८ लाख १४ हजार खर्च भएको उल्लेख छ ।

जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय सञ्चालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च गरेको जनाएका सांसद केसीले प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन्

यसैगरी, सामाजिक सञ्जाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको विवरण आयोगलाई बुझाएका छन् ।

केसी मंसिर४मा भएको प्रतिनिधि सभा निर्वाचनमा बाग्लुङ १ बाट २१४६४ मत ल्याएर निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्