Logo

विश्वासको मत प्राप्त गर्न नसकेपछि ढल्यो एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार



काठमाडौं,११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्रासको मत प्राप्त गर्न नसकेपछि नेकपा एमाले नेतृत्वको प्रदेश सरकार साँढे तीन महिनामै ढलेको छ ।

मुख्यमन्त्री गिरीले प्रदेश सभामा विश्रासको मत लिने प्रयोजनको लागि दर्ता गरेको प्रस्ताव माथी भएको मतदानमा जम्मा उपस्थित सांसदहरु ८६ मध्ये उनले राखेको प्रस्तावको पक्षमा ३३ मत विपक्षमा ५३ मत प्राप्त भएको थियो ।

गिरीले सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र लगायतका साना दलहरुले चैत १२ गते गठबन्धन दलले समर्थन फिर्ता लिएपछि आज पुनः विश्वासको मत लिएका थिए।



प्रतिक्रिया दिनुहोस्