Logo

एसीसी प्रिमियर कप-साउदीसँग अंक बाढ्दै नेपाल सेमिफाइनलमा



काठमाडौं,११ वैशाख । नेपाल काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगीता अन्तर्गत आजको खेल वर्षाको कारण रद्द भएपछि साउदी अरबसँग एक-एक अंक बाढ्दै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा हुने आजको खेलमा लगातार रुपमा वर्षा भएपछि खेल रद्द गर्न हो ।

दुई समुहमा विभाजन गरी खेलाईएको खेलमा समुह ‘ए’ मा रहेको नेपाल तीन खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालसँगै समुह ए बाट ओमान सेमिफाइनल पुग्ने प्रवल संभावना रहेको छ ।
अब नेपालले बिहीवार कतारसँग खेल्ने छ । file photo  



प्रतिक्रिया दिनुहोस्

Screenshot