Logo

चितवनका प्रमुख जिल्ला अधिकारी पौडेल मतगणनास्थलमा नजाने



काठमाडौं,११ वैशाख । चितवन -२ को मतगणनामा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने भएका छन् ।

मतगणनाको निर्णय लिन बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालका उम्मेदवारले निर्वाचनमा रास्वपालाई सहयोग गरेको आरोप लगाएका थिए ।

बैठकमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले मतगणनामा सिडियोलाई प्रवेशगर्न नदिनुपर्ने माग राखेपछि उनी मतगणनामा सहभागी नहुने भएका हुन् ।

हिजो भएको उपनिर्वाचनको अहिले २ बजेबाट मतगणना सुरु हुँदै छ ।

चितवन -२ को उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने,नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्