Logo

तनहुँ-१ मा स्वर्णिमको अग्रता कायमै



काठमाडौं,११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले आफ्नो अग्रता बढाउदै लगेका छन् ।

भर्खरै सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले १३ हजार ७ सय ४९ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् ।

उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ८ हजार ३६ मतका साथ उनलाई पछ्याईरहेका छन् ।
तेस्रो स्थानमा रहेका एमाले एम्मेदवार सर्बेन्द्र खनालले ४ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्