Logo

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजै



काठमाडौं,११ वैशाख । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्वन्धिको मुद्दाको अन्तिम सुनुवाइ आजै हुने भएको छ ।उनको मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासमा परेको छ ।

यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

उनको भन्दा अघि रहेका सबै मुद्दाको पेशी सकिएकाले उनको सुनुावाई साढे २ बजेबाट सुरु हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्