Logo

तनहुँ -१ मा स्वर्णिमले कटाए १५ हजार मत



काठमाडौं,११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । उनले आफ्नो अग्रता थप बढाउदै लगेका छन् ।

झण्डै ३० हजार मत गणना हुँदा वाग्लेले १५ हजार १ सय ३५ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् ।

उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका  उम्मेदवार गोविन्द भट्टराई ८ हजार७ सय ३४ मतका साथ उनलाई पछ्याईरहेका छन् ।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्बेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्