Logo

मतगणना अपडेट : बारा–२ मा उपेन्द्रको अग्रता कायमै



काठमाडौं, ११ बैशाख । बारा–२ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । दोस्रो चरणको मत परिणाम सार्वजनिक हुँदा उपेन्द्रले ४५८ मत पाएका छन् ।

उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन् । कुशवाहाले ३६० मत पाएका छन् । यादव र कुशवाहालाई पछ्याउँदै तेस्रो स्थानमा नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेल रहेका छन् । पौडेलले ३१७ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्