काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शीर्ष तीन दलको बैठक जारी रहेको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी रहेका छन्।
बैठकमा संसदीय समिति गठन, टिआरसी विधेयक र प्रधानान्यायाधीश नियुक्तीलगायतका विषयमा छलफल भइरहेको छ।
यस्तै, बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी रहेका छन्।