काठमाडौं,११ वैशाख । आज (सोमवार)सेयर बजार परिसुचांक नेप्सेमा सामान्य सुधार भएको छ ।
आज नेप्से २.७१अंकले वृद्धि हुँदै १८८८.३२बिन्दुमा रोकिएको छ ।
नेप्सेमा सामान्य सुधार भएको दिन कारोबार भने उल्लेख्य मात्रामा घटेको छ । आज २२ लाख ६० हजार कित्ता सेयर कुल ७५ करोड १३ लाख ३० हजार बराबरमा कारोबार भएको छ ।
आज १२० कम्पनिका लगानिकर्ताले नाफा कमाएको दिन आज ८५ कम्पनिका लगानिकर्ताले उल्लेख्य गुमाएका छन् । भने १५ कम्पनिको मुल्य यथावत रहेको छ ।